काेराेना अपडेट : शुक्रबार ४३७ जनामा संक्रमण पुष्टि, २४५४ जना संक्रमणमुक्त
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण शुक्रबार, २०७८ | १६:३६:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४५४ जना भने संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार सक्रिय संक्रमित घटेर १४ हजार ४३५ कायम भएको छ । अघिल्लो दिन यो संख्या १६ हजार ६१६ जना रहेको थियो ।
हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार १३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ४१२ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४८ हजार ७८४ जना निको भएकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस