काेराेना अपडेट : शुक्रबार ४३७ जनामा संक्रमण पुष्टि, २४५४ जना संक्रमणमुक्त
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण शुक्रबार, २०७८ | १६:३६:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४५४ जना भने संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार सक्रिय संक्रमित घटेर १४ हजार ४३५ कायम भएको छ । अघिल्लो दिन यो संख्या १६ हजार ६१६ जना रहेको थियो ।
हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार १३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ४१२ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४८ हजार ७८४ जना निको भएकाे मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
प्रतिकृया दिनुहोस