विश्वभर पछिल्लो २४ घण्टामा १४ लाख नयाँ संक्रमित थपिँदा २५ लाख निको, नेपालको अवस्था कस्ताे छ ?
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १२:४१:०० मा प्रकाशित

काठमाडाैं । विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १४ लाख नयाँ संक्रमित थपिँदा २५ लाख निको भएका छन् ।
विश्वभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । अहिले विश्वभर ७ करोड २३ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८५ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका १४ लाख संक्रमितसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ३७ लाख पुगेको छ । जसमध्ये ३३ करोड ५४ लाख निको भइसकेका छन् भने ५८ लाख ४३ हजारको मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै ७ हजारको मृत्यु भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६ हजार २७९ जनाको पीसीआर र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ४८२ र एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ हजार ३१९ जनाले कोरोनालाई जितेका छन् ।
२४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ । अहिले देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस