छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १२:१०:०० मा प्रकाशित
काठमाडाैं । छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भक्तपुर र ललितपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
गए राति ललितपुरको बाग्डोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेका ३० वर्षीय गणेशकुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकलमा पछाडि सवार कैलालीका ३० वर्षीय इन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
राति करिब साढे १० बजे वाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको महानगरीय प्रहरी परीसर ललितपुरले जानकारी दिएको छ ।
त्यसैगरी, भक्तपुरको च्यामासिंहमा सोमबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएकाे छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकलमा पछाडि सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा सोमबारै बेलुका साढे ८ बजे मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
साेमबार बेलुका करिब ८ बजे बा३ख ४७६५ नम्बरको बस र बा६१प ६६१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुवै सवारीसाधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस