छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १२:१०:०० मा प्रकाशित

काठमाडाैं । छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भक्तपुर र ललितपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
गए राति ललितपुरको बाग्डोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेका ३० वर्षीय गणेशकुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकलमा पछाडि सवार कैलालीका ३० वर्षीय इन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
राति करिब साढे १० बजे वाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको महानगरीय प्रहरी परीसर ललितपुरले जानकारी दिएको छ ।
त्यसैगरी, भक्तपुरको च्यामासिंहमा सोमबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएकाे छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकलमा पछाडि सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा सोमबारै बेलुका साढे ८ बजे मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
साेमबार बेलुका करिब ८ बजे बा३ख ४७६५ नम्बरको बस र बा६१प ६६१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुवै सवारीसाधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस