राजनीति

एमालेकाे संसदीय दलको बैठक बस्दै, महाअभियोग प्रस्तावमा छलफल

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारुढ दलका सांसदहरुले दर्ता गरेको महाभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज (सोमबार) बिहान ११ बजेका लागि  बैठक बोलाएको हो । 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा सबैलाई अनिवार्य उपस्थित हुने निर्देशन दिइएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एक सांसदले बताए ।

विशेषगरी प्रधानन्यायाधीशविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुने जनाइएको छ । 

महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ ।

यसअघि आइतबार साँझ सम्पन्न एमाले सचिवालय बैठकले प्रस्तावकाे प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

तपाईँको मत