स्वास्थ्य

मुलुकभर पछिल्लो २४ घण्टामा थप ५२१ संक्रमित थपिए, १० जनाकाे संक्रमणबाट निधन

काठमाडाैं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।

आज ३ हजार ९३५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २२ हजार ५८४  जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घण्टामा ६ हजार ३७ पीसीआर तथा ४ हजार ८७ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता