नेप्से निरन्तर ओरालो यात्रामा, काराेबार रकम पनि घट्याे
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडाैं । नेप्सेमा निरन्तर गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको हाे । आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको छ । हिजाे नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा थामिएकाे थियाे ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु एक कम्पनीको शेयरमूल्य भने बढेको छ । आज लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो । यस कमपनीको शेयरमूल्य ३.८ प्रतिशतले बढेर प्रतिकित्ता ४०१ रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज १८ करोड ६१ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
प्रतिकृया दिनुहोस