नेप्से निरन्तर ओरालो यात्रामा, काराेबार रकम पनि घट्याे
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १५:२८:०० मा प्रकाशित

काठमाडाैं । नेप्सेमा निरन्तर गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको हाे । आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको छ । हिजाे नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा थामिएकाे थियाे ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु एक कम्पनीको शेयरमूल्य भने बढेको छ । आज लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो । यस कमपनीको शेयरमूल्य ३.८ प्रतिशतले बढेर प्रतिकित्ता ४०१ रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज १८ करोड ६१ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस