खेल

पोखरा म्याराथनमा थप पुरस्कार

  • २४ माघ सोमबार, २०७८ | ०७:५४:०० मा प्रकाशित

पोखरा । आसन्न १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) र कुमुदिनी होम्स माविले थप पुरस्कार राशीको घोषणा गरेका छन् ।

पोखरा १४ स्थित एनटिएचएमसीले पोखरा म्याराथन अन्तर्गत हुने १० किमी महिलातर्फको पुरस्कार राशी २० हजार र पोखरा ४ स्थित कुमुदिनीले छात्रातर्फको प्रथम पुरस्कारको राशी १२ हजार प्रदान गर्ने घोषणा गरेका हुन् ।

एक दिन अघि मात्रै पुरुषतर्फको प्रथम र छात्र तर्फको प्रथम पुरस्कार घोषणा गरेका दुई शिक्षण संस्थाले पुनः महिला र छात्रातर्फको नगद पुरस्कार राशी समेत प्रदान गर्ने भएको नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले बताए ।

 पोखरा म्याराथन आयोजक संस्थाका नेपाल भुतपूर्व खेलाडी मञ्चका सल्लहाकार तथा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष समेत रहेका समाजसेवी अशोक पालिखेले पोखरा म्याराथनमा दुई शिक्षण संस्था जोडिनु गर्वको विषय रहेको बताए ।

दुवै शिक्षण संस्थाले पुरस्कार राशीमा ६४ हजार नगद सहयोग गर्ने अध्यक्ष पराजुलीले जनाउँदै फागुन ७ गते हुने खुला म्याराथन र महिलातर्फको हाफ म्याराथन सफल बनाउन आग्रह समेत गरे ।

पोखरासँगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् ।

तपाईँको मत