घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडाैं । घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएकाे छ । लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको हाे । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको जनाइएकाे छ ।
संघीय सरकार, मधेश प्रदेश सरकारको विशेष सहयोग र बागमती सेवा समाज तथा ‘आड्रा’ नेपालको समन्वयमा नगरभित्रका हरेक घरघरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा सुरु गरिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका लालबन्दी, हरिवन र हरिपुर नगरपालिकाले पहिला पनि जिल्लाका २० स्थानीय निकायको तुलनामा सबैभन्दा बढी खोप लगाएको र अहिले पनि जिल्लामा पहिलो पटक लालबन्दीले यो अभियान सुरु गरेको हो ।
नगरभित्रका खोप केन्द्रमा आउन नसक्ने गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको पहिलो खोप लगाउने अभियानकोे आज नगर प्रमुख खड्का र बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले एकैसाथ उद्घाटन गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस