घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडाैं । घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएकाे छ । लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको हाे । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको जनाइएकाे छ ।
संघीय सरकार, मधेश प्रदेश सरकारको विशेष सहयोग र बागमती सेवा समाज तथा ‘आड्रा’ नेपालको समन्वयमा नगरभित्रका हरेक घरघरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा सुरु गरिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका लालबन्दी, हरिवन र हरिपुर नगरपालिकाले पहिला पनि जिल्लाका २० स्थानीय निकायको तुलनामा सबैभन्दा बढी खोप लगाएको र अहिले पनि जिल्लामा पहिलो पटक लालबन्दीले यो अभियान सुरु गरेको हो ।
नगरभित्रका खोप केन्द्रमा आउन नसक्ने गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको पहिलो खोप लगाउने अभियानकोे आज नगर प्रमुख खड्का र बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले एकैसाथ उद्घाटन गरेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस