गाउँ सहर
सर्लाहीमा वर्षाका कारण ३५ करोडको इँटा नष्ट
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १६:१७:०० मा प्रकाशित
सर्लाही । दुई दिनको वर्षाका कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन् । लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीमा ठूलो क्षति पुर्याएको उनीहरूको गुनासो छ ।
दुई दिन परेको वर्षाले जिल्लामा रहेका इँटा उद्योगमा करोडौँ मूल्यका इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताए ।
उनका अनुसार पानीले इँटा उद्योगमा चाङ लगाएर राखिएका काँचो इँटा भिजेर नष्ट भएको छ ।
जिल्लामा रहेका ९३ इँटा उद्योगमा वर्षाले करिब ३५ करोड मूल्य बराबरको क्षति पुगेको सर्लाही इँटा उद्योग व्यवसायी संघका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा रहेका ९३ उद्योगमध्ये ८४ इँटा उद्योग सञ्चालनमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस