रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त
- गाउँ सहर संवाददाता
- १८ माघ मंगलबार, २०७८ | २०:३०:०० मा प्रकाशित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् । उनले २०७८ माघ १३ गतेबाट कार्यभार सम्हालेका हुन् ।
राकेश पोखरेलले आफ्नो करियर बिमा क्षेत्रबाट नै सुरुवात गरेका थिए । करिब आठ वर्ष विभिन्न बिमा कम्पनीको व्यवस्थापन तथा कार्यकारी पदमा कार्यरत रही पछिल्लो समयमा उनी लेखापरीक्षण पेशामा थिए ।
उनले माघ १३ गते नै कम्पनीको सञ्चालक समितिको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत पद ग्रहण गरेका हुन् । उनले रिलायन्स लाइफमा काम गर्ने मौका दिएको धन्यवाद व्यक्त गर्दै आफूसँग रहेको कार्य अनुभवको प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिने बताए ।
उनले रिलायनस लाइफलाई जीवन बीमा कम्पनीहरूमध्ये अग्रणी भूमिका हासिल गर्न आफू सदैव प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस