खेल
पुलिस र च्यासलबीचको स्थगित खेल शनिबार
- गाउँ सहर संवाददाता
- १७ माघ सोमबार, २०७८ | १७:३४:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित खेल शनिबार हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार स्थगित भएको पुलिस र च्यासलबीचको खेल शनिबार हुने जनाएको छ ।
नवौं चरण अन्तर्गत यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो ।
तर, च्यासलका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।
च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जारी लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
प्रतिकृया दिनुहोस