७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र लगाएका व्यक्तिहरुको विवरण पठाउन निर्देशन
- गाउँ सहर संवाददाता
- १७ माघ सोमबार, २०७८ | १७:०२:०० मा प्रकाशित
काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण शुक्रबारसम्म पठाउन तीनै तहका निकायलाई निर्देशन दिएको छ ।
हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ ।
माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकार सबै पक्षलाई छानविन समितिले भनेको हो ।
सरकारले हालसम्मको खोप विवरणको अभिलेखका सम्बन्धमा छानबिन गर्न आइतबार छानबिन समिति गठन गरेको छ । समितिले दुई सातामा प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
गठित छानविन समितिको पहिलो बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । विवरण पठाउँदा डीएचएस–२ प्रणाली अनुसार पठाउन भनेको छ ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोपको कुनै तथ्यांक नभेटिएको बारे संसदीय समितिलाई जानकारी गराएका थिए । स्वास्थ्य सचिव पोखरेलले नै ठूलो मात्रामा खोप हराएको तथ्य सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको चर्को आलोचना गर्दै आइरहेको थियो । विपक्षीको चर्को आलोना खेप्नुपरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मात्रै हराएको खोप खोज्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन सगरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस