उपत्यकाका सिडीओहरुको बैठक बस्दै, जोर बिजोर प्रणालीलाई व्यवस्थित बनाउने एजेन्डामाथि छलफल हुने
- गाउँ सहर संवाददाता
- १४ माघ शुक्रबार, २०७८ | ११:३८:०० मा प्रकाशित
काठमाडौं । शुक्रबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुको बैठक बस्दै छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक बस्न लागेकाे हाे ।
काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्ने विषयमा बैठक बस्न लागेको जानकारी दिएका छन् ।
प्रजिअ रिजालले भने– ‘अहिले तत्काल जोरबिजोर हटाउने निर्णय गर्दैनौं’ ‘व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर निर्णय लिन्छौं ।’
भाेलि नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । प्रजिअहरुको बैठकमा त्यसबारे पनि छलफल हुने रिजालले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस