शिक्षा

एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टका छात्र अजय पुन योङ शेफ ओलम्पियाडमा सहभागी हुने

काठमाडाैँ । यहि आउँदो माघ १६ गतेदेखि २२ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा आयोजना गरिने इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (IIHM) भारतद्वारा आयोजित योङ शेफ ओलम्पियाड भर्चुअल २०२२ सञ्चालन हुने भएको छ ।

सन् २०१५ बाट सञ्चालन भएको उक्त कार्यक्रममा संसारभरीका ४० देखि ६० वटा राष्ट्रहरुको सहभागीता हुने गरेको पाइएको छ । । सो कार्यक्रममा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टले नेतृत्व र उद्यमशीलताका (Center for Leadership and Entrepreneurship) लागि शुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ ।

सन् २०२० मा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट छात्रा शबी राजबाहकले वेस्ट हाईजिन अवार्ड र राजिङ्ग स्टार अवार्ड जित्न सफल भइन् भने सन् २०२१ मा यस कलेजका छात्र अभय लिम्बुले ६० राष्ट्रहरु मध्ये १० औं स्थान हासिल गर्दै बेस्ट किच्यन कट्स अवार्ड (Best Kitchen Cuts Award) पनि जितेका छन् । यस पटक नेपालको प्रतिनिधित्व गर्दै कलेजका छात्र अजय पुनले प्रतिस्पर्धा गर्दै छन् भने मेन्टरको भूमिकामा शेफ सूर्य महत प्रस्तुत हुने जनाइएको छ ।

यसपटकको प्रतिस्पर्धामा नेपाल सहित जम्मा ३७ वटा राष्ट्रले भाग लिँदैछन् । उक्त राष्ट्रहरुलाई ८ वटा समूहमा विभाजित गरिएको छ । उक्त विभाजन अनुसार नेपाल छैटौँ समूहमा पर्दछ । सो कर्यक्रमको उदघाटन ३० जनवरीमा हुनेछ भने नेपालले १ फेब्रुअरी दिनको ठिक १२:४५ बजेबाट प्रतिस्पर्धा शुरु गर्नेछ । उमेरको हदबन्दी भएको उक्त कर्यक्रममा प्रतिस्पर्धिको उमेर २४ वर्ष ननाघेको हुनुपर्ने र प्रतिस्पर्धी कलेजको विद्यार्थी नै हुनुपर्ने प्रावधान रहेको छ ।

एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन कलिनरी आर्ट्स नामक कोर्सका साथ संचालनमा आएको हो । उक्त कोर्सबाट मात्र अहिले सम्म ९०० भन्दा बढी नेपाली युवाहरुलाइ जगारको बाटो प्रदान गर्न र आफ्नो करियर अगाडि बढाउन सहयोग पुर्याउँदै आएको छ । सन् २०१४ मा लिंकन विश्वविद्यालय कलेजबाट BHM को सम्बन्धन प्राप्त गरेको र हालै मात्र MBA को सम्बन्धन प्राप्त गरी सफल नेतृत्व र उद्यमशीलताको सहकार्यमा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टले शिक्षा प्रदान गर्ने तरिकामा नयाँ आयाम ल्याउनु पर्ने कुरामा जोड दिइएको छ ।

अबको सिकाइको माध्यमबाट युवाहरुलाई नेतृत्व र उद्यमशीलताको सीप विकास गराई लिडर र इन्टरप्रिनियर बन्न युवाहरुको काधमा हात राख्नु पर्नेमा जोड दिइएको छ । यसै सिलसिलामा इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (IIHM) भारतले योङ शेफ ओलम्पियाड भर्चुअल २०२२ को आयोजना गरेर हामी जस्तो विकासोन्मुख देशलाइ सम्लग्न गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

यो प्रतिस्पर्धा प्रत्येक वर्ष ३० जनवरीबाट संचालन हुने गर्दछ । उक्त प्रतिस्पर्धामा मुख्य प्रतिसपर्धी बाहेक अन्य सहभागीहरू र छात्रछात्राहरुको लागि पनि मौका प्रदान गर्ने हेतुले सस्टेनएवल रिस्अर्च अवार्ड (Sustainable Research Award) र नेशनल डिश अवार्ड (National Dish Award) को पनि व्यवस्था गरिएको छ । आहिलेको विषम परिस्थितिका कारण उक्त प्रतिस्पर्धा दूर प्रणाली मध्यमबाट हुन गैरहेको जानकरी पनि संस्थाले गराएकाे छ । दूर प्रणाली मध्यमबाट हुने भएकोले नेपालको तर्फबाट ३ जना कन्ट्रि जजेज्को व्यवस्था गर्नुपर्ने प्रावधान पनि रहेको छ । त्यसैले यसपटक निम्नलिखित शेफहरु कन्ट्रि जजेज् को रुपमा प्रस्तुत हुने कुरा जानकारी गराइएको छ।

१. शेफ राजीव श्रेष्ठ, कार्यकारी शेफ अलफ्ट होटल, काठमाडौं नेपाल २. शेफ नवीन केसी कार्यकारी शेफ याक एण्ड यति होटल,काठमाण्डौ, नेपाल (नेपाल पर्यटन बोर्डले नेपालको सबैभन्दा कान्छो कार्यकारी शेफ घोषणा गरेको) ३. शेफ प्रमोद महासेठ, कर्पोरेट शेफ द्वारिकाज होटल, काठमाडौं नेपाल साथै उपस्थित सम्पूर्णमा धन्यवाद दिँदै सहभागी अजय पुनलाई बधाई तथा शुभकामना दिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत