समाज

सहगाेत्री विवाह गर्दा देखिन्छन् यस्ता नतिजा

एउटै गोत्रमा विवाह गर्न नहुने मान्यता रहिआएकाे छ । हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता धेरै छ । आजकल यो परम्पराको पालन गरेकाे देखिदैन तर धर्मग्रन्थहरूमा सहगोत्री विवाहलाई निषेध गरिएको छ । 

हरेक अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् । 

नातेदारहरूमा जीन सेपरेसन अर्थात् विभाजन हुन पाउँदैन । एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग पनि लाग्छ । 

यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन आउँदैन । बच्चामा रचनात्मकता र बौद्दिक विकास हुँदैन । 

मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग त्यस्ता बच्चालाई लाग्ने अध्ययनले देखाएकाे छ । 

एकै गाेत्रमा बिबाह गर्नाले वंश नाश हुने तथा कुनै पनि काम सफल नहुने मान्यता रहीआएकाे छ । 

गाउँ सहर संवाददाता