कर्णालीका मुख्यमन्त्री शाहीकाे सम्पत्ति : गाेठमा भेडाबाख्रा, शहरमा जग्गा, बैंकमा पैसै पैसा !
- गाउँ सहर संवाददाता
- १० माघ सोमबार, २०७८ | १९:५३:०० मा प्रकाशित
काठमाडाैं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उननको काठमाडौँ, हुम्ला र बाँकेसहितका जिल्लामा पर्याप्त जग्गा देखिएको छ ।
शाहीले आफ्नो नाममा चिलिमे हाईड्रोपावरको २६ सय कित्ता साधारण सेयर खरिद गरेको देखिएको छ । यस्तै ज्योति विकास बैंकको संस्थापक सेयर १० हजार कित्ता रहेको छ । उनले सार्वजनिक गरेको विवरण अुनसार कृषि विकास बैंकको ४०० कित्ता साधारण सेयर रहेको छ ।
शाही तथा उनका परिवारको नाममा विभिन्न बैंक, सहकारी संस्थाहरुमा १ करोड भन्दा बढी बचत रहेको देखिएको छ ।
शाहीको नाममा सिटिजन्स बैंकमा पारिश्रमिकबाट पाएको २५ लाख रुपैयाँ, सानिमा बैंकमा ३८ लाख, एनआईसी एशिया बैंकमा १४ लाख, शुभचिन्तक सहकारीमा ६ लाख रुपैयाँ रहेको देखिएको छ ।
पत्नी बसन्ती शाहीको नाममा शुभचिन्तकमा ६ लाख, सिटिजन्स बैंकमा १५ लाख र एसबीआई बैंकमा १६ लाख रुपैयाँ रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । घर जग्गा सबै पुर्ख्यौली सम्पत्ति, जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख छ ।
शाहीको घर जग्गाको साथै चौँरी, जुमा, गाई, गोरु १२ वटा, घोडा २ वटा र भेडाबाख्रा ५० वटा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस