फोटो

एकै छिन देखियाे झुलुक्क घाम

काठमाडाैं । एक सातादेखि उपत्यका बासीले घाम देख्न पाएका छैनन् । साेमबार भने झुलुक्क घामकाे दर्शन पाइएकाे छ । 

मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै बुधबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।   

गाउँ सहर संवाददाता