पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा प्रदान गरिने
- गाउँ सहर संवाददाता
- १० माघ सोमबार, २०७८ | १५:३७:०० मा प्रकाशित

काठमाडौं । उपत्यकाको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई बसमा चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले साेमबारदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको हो ।
फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधन चढ्न लामो बाटो हिँडडुल गर्नका लागि समस्या परेकाले पुरानो बसपार्कबाट बस चढ्ने व्यवस्था मिलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् ।
महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । फरक क्षमता भएकाको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपाङ्गतामैत्री व्यवस्था थप्दै जाने महाशाखा प्रमुख जोशीको बताएका छन् ।
महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई तोकिएको स्थानबाट मात्रै ‘पिक एण्ड ड्रप’ गर्न पनि अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस