किसानलाई पेन्सन दिने गाउँपालिका, आत्मनिर्भर बनाउन प्रेरित गर्दै
- रासस
- १० माघ सोमबार, २०७८ | १३:४८:०० मा प्रकाशित
बाँके । व्यवसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहियाका बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दंग भएका छन्।
‘गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ‚’ ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आएका उनले भने, ‘अब कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ।’
नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादवसहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ। कृषक पेन्सन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको ६ महिनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागु हुने गरी प्रति किसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो। कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ।
कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
‘गाउँपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ’, उनले भने, ‘परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो।’
गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन्। वडा नम्बर ५ मा १९ कठ्ठामा व्यावसायिक तरकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लाएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नम्बर २ का रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आएकी वडा नम्बर १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेका छन्।
यसैगरी पशुपालक किसानबाट दुई हजार कुखुरा पालन गर्दै आएका वडा नम्बर ६ का अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पाल्दै आएका वडा नम्बर ५ का वलियासार यादव र वडा नम्बर २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेका छन्।
वडा नम्बर ५ का हरिशङ्कर मुराउ, वडा नम्बर ४ का छोटेलाल राढ र वडा नम्बर ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका छन्। व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाई व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए।
रासस
राष्ट्रिय समाचार समिति सम्पूर्ण सूचनाकाे राष्ट्रिय सञ्जाल हाे ।
- पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा
- गाउँमा सडक पुग्यो, मासिए सम्पदा, नामोनिसान पनि मेटिए
- “निजी क्षेत्रले सातवर्षमा सय खर्बको जिडिपी बनाउने भन्नु र हामीले पाँच वर्षमा ८० खर्ब भन्नु उस्तै हो”
- मनाङको तापक्रम माइनस १६
- अन्तरजातीय विवाह गरेका एक जोडीलाई एक लाख
- दसैँकाे बेला किसानलाई धान भित्राउने चटारो
- हल गोरु पाल्ने किसानलाई चार हजार रुपैयाँ अनुदान
- पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्याे, कहाँ-कति ?
- जग्गा बेच्दै धान किनेर खाने बढे
- प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन
प्रतिकृया दिनुहोस