ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | १४:०२:०० मा प्रकाशित
ओखलढुङ्गा । ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा सिद्धिचरण नगरपालिका-१ की ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
आज बिहान ओखलढुङ्गाकाे गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको १ ज ३५६९ नम्बरको जीपलाई नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किचेकाे हाे ।
प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेका अनुसार जीपमा रहेका देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् ।
सिद्दिचरण नगरपालिका-३ मा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले सडकमा गुडिरहेको जीपलाई किचेको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस