सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना
- गाउँ सहर संवाददाता
- ८ माघ शनिबार, २०७८ | ०७:५४:०० मा प्रकाशित

काठमाडाैँ । आज २०७८ माघ ०८ गते (शनिबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखी पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।
यस्तै राति देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ । सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
हिजाे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन ७ हिउँद यामको विशेष मौसम अपडेट गराउँदै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने संभावना रहेको बताएकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस