अर्थतन्त्र

शुक्रबार पनि बढ्याे सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहिबार पनि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको जनाएकाे छ ।    

गाउँ सहर संवाददाता