माैसम : बाग्मती तथा प्रदेश नं १ मा वर्षा र हिमपात
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | ०८:०९:०० मा प्रकाशित
काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ । त्यसैले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
शुक्रबार देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै शनिबार देशका पहाडी भू-भागहरूमा सामान्य देखी पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस