भारतमा एकै दिन ३ लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिए
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १६:५०:०० मा प्रकाशित

काडमाडाै । भारतमा पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा दिन प्रति दिन वृद्धि हुँदै आइरहेको अधिकारीहरूले जनाएका छन् । गत २४ घण्टामा परिक्षण गरिएका मध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख २३ हजार ९९० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड ५८ लाख ७ हजार २९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.६९ प्रतिशत रहेको जनाइएको छ ।
पछिल्लो एक दिनमा ४९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या चार लाख ८७ हजार ६९३ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ९३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएकाे छ ।
भारतमा हालसम्म एक अर्ब ५९ करोड ६७ लाख भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस