हेटौँडामा मास्कमा कालाेबजारी, दुई जना औषधि व्यवसायी पक्राउ
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १४:५३:०० मा प्रकाशित
काठमाडौं । प्रहरीले मास्क कालाेबजारी गर्ने दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । बुधबार हेटौँडाबाट मास्क कालाेबजारी गरेकाे अभियाेगमा दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको रहेका छन् ।
प्रहरीलाइ प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरेकाे जानकारि दिएकाे छ । उनीहरूलाइ आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस