यस्ताे छ कामना सेवा विकास बैंककाे दोस्रो त्रैमासको वित्तीय विवरण
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १२:०२:०० मा प्रकाशित

काठमाडाैं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आवको ६ महिनाको वित्तीय अवस्था सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा करिब १२ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ रुपैयाँ ४२ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ रुपैयाँ ५४ पैसा घटेर २१ रुपैयाँ ८७ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन आम्दानी नभएका कारण बैंकको खुद नाफा घटेकोे हो । बैंकको गैर संचालन आम्दानी नभए पनि नियमित आम्दानीमा भने बढोत्तरी आएको छ । बैंकको ब्याज आम्दानी, कमिसन आय लगायत बढेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप ७.९९ प्रतिशत बढेको छ भने कर्जा ११.५० प्रतिशत बढेको छ । बैंकको मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा छ ।
बैंकले ६ महिनामा ९० करोड ५९ लाख खुद ब्याज आम्दानी गरेर ४९ करोड रुपैयाँ संचालन नाफमा गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशत तथा सञ्चालन मुनाफा ४१.५१ प्रतिशतले बढेको छ।
बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर ३ अर्ब १४ करोड, जगेडा कोष १२.५१ प्रतिशतले घटेर एक अर्ब ३ करोड कायम भएको छ । बैंकले यसअवधिमा ४७ अर्ब ७३ करोड निक्षेप संकलन गरेर ४३ अर्ब बढी कर्जा लगानी गरेको छ ।
दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्नेमा बैंक पहिलो कम्पनी बनेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस