कोरोनाविरूद्ध ‘बुस्टर’ डोज पाउने अग्रपंत्तिमा काे काे पर्छन् र के कागजात बाेकेर जानुपर्छ ?
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | ०८:५०:०० मा प्रकाशित

काठमाडाैं । सरकारले गत माघ २ गते साेमबारदेखि अग्रपंतिमा काम गर्नेलाई कोरोनाविरूद्ध बुस्टर डोज खोप दिन थालेकाे छ ।
त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका १९ अस्पताललाई खोप केन्द्र तोकेको छ । तर धेरैजना खाेपस्थलमा पुगेर फर्किएका भेटिन्छन् ।
अग्रपंतिमा खटिने काे काे हुन् र के के कागजात लैजानुपर्दछ भन्ने जानकारी नहुँदा जाडाेमा धेरै जनाले दु:ख पाएका छन् ।
काे काे हुन् अग्रपंत्ति तथा सार्वजनिक सेवामा खटिने व्यक्तिहरू
सरकारले अग्रपंत्ति तथा सार्वजनिक सेवामा खटिने व्यक्तिहरूका लागि कोरोनाविरूद्ध बुस्टर डोज खोप लगाइरहेकाे छ । जसमा यी व्यक्तिहरू पर्दछन्:
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी
सुरक्षाकर्मी
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
फाेहाेर संकलन तथा सरसफाइकर्मी
एम्बुलेन्स तथा शव वाहन चालक
महिला स्वयमंसेविका
त्रिभुवन विमानस्थलमा खटिने कर्मचारी
सार्वजनिक क्षेत्र वा सरकारी कार्यालयमा कार्यरत कर्मचारी
बैंकका कर्मचारी
सञ्चारकर्मी, पत्रकार सार्वजनिक यातायातका चालक तथा सहचालक
त्यसैगरि राेग प्रतिराेधात्मक क्षमता कम भएका व्यक्तिहरू:
सकृय क्यान्सर राेगीहरू
एच. आइ. भी. भएका बिरामीहरू
अंग प्रत्याराेपण भएका बिरामीहरू
उपचारकाे क्रममा राेग प्रतिराेधात्मक क्षमता कम गराउने औषधीहरू सेवन गरिरहेका बिरामीहरू
काेभिड-१९ विरूद्धकाे पूर्ण मात्रा खाेप लगाएकाे ६ महिना पुगेका अग्रपंत्तिमा खटिने व्यक्तिहरूलाई माघ २ गतेदेखि र ६० वर्ष माथिका सबै नागरिकहरू तथा राेग प्रतिराेधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई माघ १४ गतेदेखि पहिले जुन खाेप लगाइएकाे हाे साेही खाेपकाे बुस्टर डाेज लगाइँदैछ ।
खाेप लगाउन जाँदा के के कागजात लैजाने ?
कोरोनाविरूद्ध बुस्टर डोज खोप लगाउन जाँदा दुवै मात्रा खाेप लगाएकाे खाेप कार्डसँगै निम्न कागजातहरू लैजानुपर्दछ ।
अग्रपंत्तिमा खटिने कर्मचारीहरूकाे हकमा आफू कार्यरत संस्थाले प्रदान गरेकाे परिचयपत्र
राेग प्रतिराेधात्मक क्षमता कम भएकाे हकमा उपचार गराइरहेकाे वा औषधी सेवन गरिरहेकाे अस्पतालकाे पूर्जा
६० वर्ष माथिकाकाे हकमा उमेर खुल्ने परिचयपत्र
काठमाडौं उपत्यकाका यी १९ अस्पतालहरूबाट कोरोनाविरूद्ध बुस्टर डोज खोप उपलब्ध हुने
वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइने छ ।
साथै निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाठौं मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस