यस्ता छन् नेशनल लाइफले सार्वजनिक गरेकाे नयाँ बोनस दर
- गाउँ सहर संवाददाता
- २ माघ आइतबार, २०७८ | १५:१६:०० मा प्रकाशित
काठमाडौं । नेशनल लाइफले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६-७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले आफ्नो बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका जीवन बीमालेखमा प्रति हजार अधिकतम ८५ रुपैयाँसम्म बोनस दर घोषणा गरेको हो ।
कम्पनीले सो आर्थिक वर्षका लागि बीमितलाई बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।
सावधिक जीवन बीमालेखमा बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि, १० देखि १४ वर्ष अवधिको लागि, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ ।
२० देखि २५ वर्ष अवधि वर्षको लागि प्रतिहजार ६५ रुपैयाँ बोनस दर दिने भएको छ ।
२६ देखि २९ वर्ष अवधि र ३० वा सोभन्दा माथि बीमा अवधिको लागि कम्पनीले ८५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।
कम्पनीले सावधिक आजीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि, १० देखि १४ वर्ष अवधिको लागि, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ ।
त्यस्तै, २० वा सो भन्दा माथि अवधिको लागि कम्पनीले ६५ रुपैयाँ बोनस दर दिने घोषणा गरेको छ ।
यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि र १० देखि १४ वर्ष अवधिको लागि ६३ रुपैयाँ बोनस दर दिने भएको छ भने सोही बीमाले अन्र्तगत १५ देखि १९ वर्ष अवधि र २० वा सोभन्दा माथि अवधिको लागि कम्पनीले प्रति हजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ ।
उल्लेखित बोनस दर अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि कम्पनीले भुक्तानी गर्ने दाबीहरुमा समेत कायम हुने कम्पनीले जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस