खेल

टाइगर कपको उपाधी एपीएफले जित्याे

पोखरा । विभागीय टिम एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५-२३, २५-१५ र २५-२० को सेटमा हराएको हो ।

एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो ।

उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको पुरुषको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत