पेस्तोलसहित चार जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १४:१३:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित नियन्त्रणमा लिएकाे हाे ।
बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
बुधबार साँझ इनरुवा-३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका-७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । मियाँ ज२प ५१९४ नम्बरको मोटरसाइकलमा सवार थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान इनरुवा-३ बाट अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र दुई थान म्यागजिनसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-७ कै ३१ वर्षीय सबरेज मियाँ,२५ को सिकन्दर मलाहा र वडा नम्बर ६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । उनीहरू को१८प ६२२५ र को६प १०९ नम्बरको मोटरसाइकलमा सवार थिए ।
एउटै गाउँका उनीहरू हतियार ओसारपसारमा संलग्न रहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जनाए ।
पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस