पेस्तोलसहित चार जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १४:१३:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित नियन्त्रणमा लिएकाे हाे ।
बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
बुधबार साँझ इनरुवा-३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका-७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । मियाँ ज२प ५१९४ नम्बरको मोटरसाइकलमा सवार थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान इनरुवा-३ बाट अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र दुई थान म्यागजिनसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-७ कै ३१ वर्षीय सबरेज मियाँ,२५ को सिकन्दर मलाहा र वडा नम्बर ६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । उनीहरू को१८प ६२२५ र को६प १०९ नम्बरको मोटरसाइकलमा सवार थिए ।
एउटै गाउँका उनीहरू हतियार ओसारपसारमा संलग्न रहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जनाए ।
पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस