दिगोविकास

नेपालको अर्थतन्त्र संकटतिर जाँदैः डा. लाेहनी

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले नेपालको अर्थतन्त्र संकटतिर गइरहेकाे बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् धारणा प्रस्तुत गर्दै देउवा सरकारमाथि जिम्मेवारी थाेपर्दै साे कुरा बताएका हुन् ।

उनले भनेका छन्, "अर्थमन्त्रीसँग मात्रैको कुरो भएन । देउवा सरकारको जिम्मेवारी को प्रश्न हो । प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिँदैन । विस्तारै ओरालो लागेको अर्थतन्त्र समयमै सुधार गर्न नसके भीरको डिलमा पुग्न धेरै समय लाग्दैन । अर्थतन्त्रमा संकट तथ्यांकमा मात्र सीमित रहँदैन । एक तह पुगेपछि तथ्यांक भन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ ।"

गाउँ सहर संवाददाता