आइजिआई हेल्थ प्लस बीमालेखमा एक लाखदेखि २५ लाखसम्मको उपचार सुविधा
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १६:३०:०० मा प्रकाशित

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाको लागि आइजिआई हेल्थ प्लस बीमालेख ल्याएको छ ।
निर्जिवन बीमामा अब्बल रहेको इन्स्योरेन्सले यो नयाँ बीमालेख जारी गरेको कम्पनीका डेपुटि सिइयो शरण रेग्मीले गाउँ सहरलाई बताए । उनले भने, ‘एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधि उपचार बीमा र घातक रोग बीमा समावेश गरिएको छ ।’
उनका अनुसार यो आइजिआई हेल्थ प्लस बीमालेखमा पाँचवटा याेजना रहेको र व्यक्तिदेखि परिवारसम्मको स्वास्थ्य बीमा गर्न सकिने छ ।
यो योजनामा अस्पतालको भाडा, प्याथोलोजी चार्ज, डाइग्नोष्टिक मेटेरियल्स, डाइलासिस, केमोथेरापी, रेडियोथेरापी, औषधी, उपचार, इन्जेक्सन सर्जिकल अप्लाइन्स, आर्टिफिसियल लिम्ब्स, एनेस्थेसिया, अपरेसन थिएटर चार्ज, सर्जन चार्ज, रगत, अक्सिजन, व्यक्तिगत दुर्घटना, गम्भीर बिरामीलाई समेटिएको डेपुटी सिइयो रेग्मीले बताए ।
उनले हेल्थ प्लस बीमालेखले हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुनसक्ने दुर्घटनालाई पनि समेटेको जानकारी दिए ।
व्यक्तिगतको हकमा वर्षकाे ३ हजार ३०० रुपैयाँ प्रिमियमदेखि १० हजार २०० सम्म तिर्दा २५ लाख सम्मको बीमा सुविधा पाइने छ । यस्तै परिवारको हकमा ४ हजार ९५० देखि १५ हजार ३०० प्रिमियम तिर्दा सो सुविधा पाइने कम्पनीले बताएको छ ।
तर ६० वर्ष माथिका व्यक्तिको हकमा यो बीमालेख लागु नहुने कम्पनीले बताएको छ ।
पूर्ण योजना यहाँ हेर्नुहोस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
प्रतिकृया दिनुहोस