२० वर्षसम्म दाबी नपरेकाको निक्षेप अबदेखि नेपाल राष्ट्र बैंकले खिच्ने (सूचनासहित)
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १५:५१:०० मा प्रकाशित
काठमाडाैं । २० वर्षसम्म सम्पर्कमा नरहेका या दाबी नपरेकाको निक्षेप अबदेखि नेपाल राष्ट्र बैंकले खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा रकम (निक्षेप) राखेका, तर २० वर्षसम्म सम्पर्कमा नरहेका या दाबी नपरेकाको निक्षेप अबदेखि नेपाल राष्ट्र बैंकले खिच्ने भएको हाे । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गर्दै त्यस्तो निक्षेप बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । कोषमा जम्मा भएको रकम केन्द्रीय बैंकले बैंकिङ्ग विकासमा प्रयोग गर्ने जनाएको छ ।
इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले अब २० वर्षसम्म लिन/बुझ्न नआएका र दाबी नपरेका निक्षेप राष्ट्र बैंकको सो कोषमा जम्मा गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ को उपदफा (३) र दफा ११२ को उपदफा (३) बमोजिम केन्द्रीय बैंकले कोषमा जम्मा गर्न सूचना जारी गरेको छ ।
बैंकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाकै हुनेछ । बैंक तथा वित्तीय संस्थाले कोषमा जम्मा गरिसकेको निक्षेप रकमउपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रकृया पूरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैँकमै दाबी पेश गर्नुपर्नेछ ।
आवश्यक कागजात सहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिना ब्याज रकम फिर्ता गरिने बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस