लोसपा नेपालकाे कार्यकारिणी बैठक बस्न किन यति धेरै सकस ?
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १३:५१:०० मा प्रकाशित

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीकाे बैंठक नबसेकाे लामाे समय बितिसकेकाे छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) गठन भएको ५ महिना बित्दासमेत पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।
महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई ९ भदौंमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न सकेकाे छैन ।
सोही पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रिय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन समेत हुन नसकिरहेकाे अवस्था छ ।
गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् । ३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामवाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस