माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | ११:००:०० मा प्रकाशित
काठमाडाैं । माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिनु पर्ने माग राखिएकाे छ । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिनु पर्ने माग राखेका हुन् । उनीहरुले तीन दिन सार्वजनिक बिदा दिन माग गरेका छन् ।
सार्वजनिक बिदाको माग गर्दै उनीहरूले नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका थिए । आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् ।
“बुधबार नगर प्रमुखलगायतलाई भेटेर माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखित रुपमै माग गरेका छौँ”, आदिवासी जनजाति संघका सभापति हवलदार चौधरीले भने, “नगर प्रमुखले यसबारे सकारात्मक जफाव दिनु भएको छ ।”
नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस