प्रधानमन्त्री देउवाले बिहीबार पुन: पीसीआर गराउने
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १६:०८:०० मा प्रकाशित
काठमाडाैं । बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको हाे । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो ।
देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीले बिहीबार फेरि पीसीआर गराउने बताएका छन् । हाल क्वारेन्टिनमा रहेका देउवा बिहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिइने बताइएकाे छ । अहिले देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गरेको भानुले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस