स्वास्थ्य

 हेल्थ डेस्कका चार जना स्वास्थ्य कर्मीहरूलाई कोभिड सङ्क्रण

काठमाडाैं ।  हेल्थ डेस्कका चार जना स्वास्थ्य कर्मीहरूलाई कोभिड सङ्क्रण देखिएकाे छ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया सीमा नाकामा हेल्थ डेस्कमा कार्यरत चार जना स्वास्थ्य कर्मीहरूलाई  एन्टीजाेन परिक्षण गर्दा पोजेटिभ लक्षण देखिएको हाे ।

हेल्प डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरू माघ २४ गते जङ्ग भण्डारी, २५ गते दिया शर्मा, २६ गते गणेश प्रसाद शाह र रेडक्रसकी रुक्मिणी चौधरीलाई एन्टीजाेन परिक्षण गर्दा पोजिटेभि लक्षण देखिएको बेलहिया हेल्थ डेस्कका डाक्टर अरुण खरेलले जानकारी दिएका छन् ।

बेलहिया हेल्थ डेस्कमा कार्यरत १२ जना कर्मचारीहरू मध्ये ८ जना स्वास्थ्यकर्मी छन् जसमध्ये ४ जना सङ्क्रमित भएका छन् । बेलहियामा बिहान सम्म १ सय १० जनाको परिक्षण गर्दा १३ जना कोभिड पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कले बताएकाे छ ।

गाउँ सहर संवाददाता