पछिल्लाे २४ घण्टामा भारतमा १ लाख ८० हजार कोरोना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १४:११:०० मा प्रकाशित

काठमाडाैं । भारतमा दैनिक कोरोना संक्रमितको संख्या १ लाख ८० हजार नजिक पुगेको छ ।
सोमबार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएकाे भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । दैनिक संक्रमण दर १३.२९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
केन्द्रीय मन्त्रालयका अनुसार कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । भारतमा हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् ।
महाराष्ट्रमा सोमबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगेको छ । राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको छ । हालसम्म दिल्लीमा ५१३ र कर्नाटकमा ४४१ जना यो भेरियन्टबाट संक्रमित भएकाे केन्द्रीय मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस