प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई चार वर्षको जेल सजाय
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १३:५८:०० मा प्रकाशित
एजेन्सी । आङ सान सूचीलाई चार वर्षको जेल सजाय सुनाएको छ । म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई चार वर्षको जेल सजाय सुनाएको हाे । सूचीमाथि गैर लाइसेन्सको वकीटकी राखेको आरोप छ ।
गत फेब्रुअरीमा सेनाले नागरिक सरकारमाथि सैन्य ‘कू’ गर्दै सूचीलाई सत्ताच्यूत गरेको थियो । सूचीलाई गत डिसेम्बरमा कोरोना भाइरसको प्रतिबन्ध उल्लंघन गरेका कारण चार वर्षको जेल सजाय सुनाइएको थियो । त्यसलगत्तै यो सजायलाई कम गर्दै अढाई वर्षको घरमै नजरबन्द गरिएको थियो ।
गत डिसेम्बरमा सूचीमाथि सुनाइएको सजायको अन्तर्राष्ट्रियस्तरबाट विरोध गरिएको थियो । म्यानमारका जनताहरुले यो फैसलाप्रति चिन्ता व्यक्त गर्दै विरोधको पुरानो शैली अपनाएर भाँडाकुडा बजाएका थिए ।
अदालतको निर्णयप्रति ह्युमन राइट्स वाचको शोधकर्ता मेनी मान्गले अदालतको आदेशले राष्ट्रियस्तरमा असन्तोषको विषय झन बढ्ने प्रतिक्रिया दिएकी छन् । ‘जब पछिल्लोपटक उनलाई सजाय सुनाइएको थियो, त्यो बेला म्यानमारमा सामाजिक सञ्जालमा सर्वाधिक चर्चा भएको थियो । जनता निकै रिसाएका थिए । सेनालाई अदालतको निर्णयले आम मानिसमा डर सिर्जना हुन्छ भन्ने लागेको होला । तर यसले जनतामा अझ बढी रिसको मात्रा बढाएको छ’, उनले भनेकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस