प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई चार वर्षको जेल सजाय
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १३:५८:०० मा प्रकाशित

एजेन्सी । आङ सान सूचीलाई चार वर्षको जेल सजाय सुनाएको छ । म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई चार वर्षको जेल सजाय सुनाएको हाे । सूचीमाथि गैर लाइसेन्सको वकीटकी राखेको आरोप छ ।
गत फेब्रुअरीमा सेनाले नागरिक सरकारमाथि सैन्य ‘कू’ गर्दै सूचीलाई सत्ताच्यूत गरेको थियो । सूचीलाई गत डिसेम्बरमा कोरोना भाइरसको प्रतिबन्ध उल्लंघन गरेका कारण चार वर्षको जेल सजाय सुनाइएको थियो । त्यसलगत्तै यो सजायलाई कम गर्दै अढाई वर्षको घरमै नजरबन्द गरिएको थियो ।
गत डिसेम्बरमा सूचीमाथि सुनाइएको सजायको अन्तर्राष्ट्रियस्तरबाट विरोध गरिएको थियो । म्यानमारका जनताहरुले यो फैसलाप्रति चिन्ता व्यक्त गर्दै विरोधको पुरानो शैली अपनाएर भाँडाकुडा बजाएका थिए ।
अदालतको निर्णयप्रति ह्युमन राइट्स वाचको शोधकर्ता मेनी मान्गले अदालतको आदेशले राष्ट्रियस्तरमा असन्तोषको विषय झन बढ्ने प्रतिक्रिया दिएकी छन् । ‘जब पछिल्लोपटक उनलाई सजाय सुनाइएको थियो, त्यो बेला म्यानमारमा सामाजिक सञ्जालमा सर्वाधिक चर्चा भएको थियो । जनता निकै रिसाएका थिए । सेनालाई अदालतको निर्णयले आम मानिसमा डर सिर्जना हुन्छ भन्ने लागेको होला । तर यसले जनतामा अझ बढी रिसको मात्रा बढाएको छ’, उनले भनेकी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस