सार्वजनिक स्थलमा हुने भीडभाडमा लाग्याे प्रतिबन्ध, २५ जनाभन्दा धेरै जम्मा हुन नपाइने
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | २०:१९:०० मा प्रकाशित

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन सिफारिस गरेको छ ।
गृहमन्त्रालयमार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरिएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले गाउँसहरलाई जानकारी दिइन् ।
उनकाअनुसार बैठकले राजनीतिक भेलाहरू नगर्न आह्वान गरेको छ । गर्नैपर्ने भएमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने छ ।
"सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । त्यस्तै नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखि पठाउन सिफारिस गर्ने भएको छ," प्रवक्ता नेपालले भनिन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस