विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ : श्रममन्त्री श्रेष्ठ
- गाउँ सहर संवाददाता
- २४ पौष शनिबार, २०७८ | १४:४७:०० मा प्रकाशित

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको पहिलो तला भवनको उद्घाटन, स्वागत एवं अभिनन्दन कार्यक्रममा उनले विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
मन्त्री श्रेष्ठले विकास निर्माणमा सहकार्य गर्नुपर्ने उल्लेख गर्दै विकासमा सबैले सहकार्य गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले कोरोनाका कारण धेरै विकास निर्माणका काम अवरुद्ध भएको बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवालाई दुःख दिने दलाललाई कानुनी कारबाहीको दायरामा ल्याएरै प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा रानाभाट तथा भाट समाजका पूर्वकेन्द्रीय अध्यक्ष खड्गबहादुर रानाभाटले १५ लाख जनसङ्ख्या रहेको रानाभाट सूचीकृत हुन नसकेको बताए । रानाभाट तथा भाट समाजका गण्डकी प्रदेश उपाध्यक्ष सुरज रानाभाट, ऋषिङ गाउँपालिका–४ का वडाध्यक्ष भोजराज रानाभाट, निर्मल रानाभाट सिर्जनशील समाजका अध्यक्ष बलबहादुर रानाभाटले स्व निर्मल रानाभाटलाई शहिद घोषणा गर्न सरकारसँग माग गरे ।
मन्त्री श्रेष्ठले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत विनियोजन गरेको रु १० लाख बजेटबाट समाजले पहिलो तल्ला थप गरेको हो । समाजले स्व निर्मल रानाभाटको स्मृतिमा बहुउद्देश्यीय भवन निर्माण गरेको छ । भवन निर्माणका लागि व्यास नगरपालिकाले रु पाँच लाख सहयोग गरेको थियो भने समाजका सदस्यबाट रु ३५ लाख सङ्कलन गरिएको भवन निर्माण समितिका संयोजक नारायण रानाभाटले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस