शेयर बजारमा उत्साह, तेस्राे दिनपनि बढ्ने क्रम जारी
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | १६:०३:०० मा प्रकाशित
काठमाडौं । साताकाे पहिलाे दिनदेखि निरन्तर बढिरहेकाे सेयर बजार मंगलबार (आज) पनि दोहोरो अंकले बढेकाे छ । आज नेप्से परिसूचक ६३.०१ अंक बढेर २६७९.९५ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १५.८५ अंक, फ्लोट इण्डेक्स ५.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.२८ अंक बढेको छ ।
दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । यस अघि सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो ।
यसदिन श्री इन्भेष्टमेन्ट फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबीआई बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार धेरै घट्नेहरुमा डिबेञ्चरहरु देखिएका छन् । कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आईसीएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन १४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन नबिल बैंक, अपि पावर, हिमालयन डिष्टिलरी र अपर तामाकोशीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
पछिल्ला दिनमा शेयर बजारमा उत्साह देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस