राष्ट्रिय सभा निर्वाचनका लागि लोसपाबाट दुई उम्मेदवार तय
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | १३:०८:०० मा प्रकाशित

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश -२ मा उम्मेदवारी दिने भएको छ । लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश दुई अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।
सरदार अन्य समूहबाट र यादव महिला समूहबाट उम्मेदवार बनेका हुन् । प्रदेश २ मा दुई पदका लागि हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने छ । सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो ।
सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादीले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाएको छ ।
प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सांसद छन् । नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ सांसद छन् । नेकपा एकीकृत समाजवादीका १३ सांसद यो प्रदेशमा छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८-८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस