राष्ट्रिय सभा निर्वाचनका लागि लोसपाबाट दुई उम्मेदवार तय
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | १३:०८:०० मा प्रकाशित
काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश -२ मा उम्मेदवारी दिने भएको छ । लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश दुई अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।
सरदार अन्य समूहबाट र यादव महिला समूहबाट उम्मेदवार बनेका हुन् । प्रदेश २ मा दुई पदका लागि हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने छ । सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो ।
सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादीले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाएको छ ।
प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सांसद छन् । नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ सांसद छन् । नेकपा एकीकृत समाजवादीका १३ सांसद यो प्रदेशमा छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८-८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस