स्वास्थ्य
थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ५००५ सक्रिय संक्रमित उपचाररत
- गाउँ सहर संवाददाता
- १९ पौष सोमबार, २०७८ | १६:३४:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १४०, ललितपुरमा २८ तथा भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९८ पुगेको छ ।
सोमबार २५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५ सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ९ हजार ७०० पीसीआर तथा २ हजार ७९८ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस