गाउँ सहर

शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडाैं । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानकारी दिएका छन् । बसमा ३५ जना मलामी रहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको रेग्मीले बताए ।

गाउँ सहर संवाददाता