सेनाले २२९ अधिकृत क्याडेटका लागि खुलायाे नयाँ भर्ना
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | ०८:२२:०० मा प्रकाशित
काठमाडाैं । नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ ।
छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको हो ।
खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ ।
www.nepalarmy.mil.np वेबसाइटबाट इच्छुकले दरखास्त दिन सक्नेछन् ।
खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ ।
आजेदेखि माघ १७ गतेसम्म दरखास्त दिन सकिन्छ ।
१८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन् । तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्नेछन् ।
पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट हुनुपर्दछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
प्रतिकृया दिनुहोस