माओवादीको निर्वाचन कार्यतालिका संशाेधन, भाेली दिउँसाे २ बजेमात्रै निर्वाचन प्रक्रिया शुरू हुने
- गाउँ सहर संवाददाता
- १७ पौष शनिबार, २०७८ | २०:५७:०० मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मको लागि स्थगित भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिए ।
केन्द्रीय सदस्यमा सहमति जुटाउन आयोजकहरुले समय दिनुपर्यो भनेएपछि निर्वाचन कार्यक्रम भोलि दिउँसोसम्म स्थगित गरेको बताए । उनले भोलि १ बजेसम्म सहमति भएन भने २ बजेबाट आवेदन लिने गरि निर्वाचन कार्यतालिका संशोधन गरिएको जानकारी दिए ।
यसअघि माओवादीले शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार केन्द्रीय सदस्य र पदाधिकारी टुंग्याउने बताएका छन् ।
बन्दसत्रमा सम्बोधन गर्दै प्रचण्डले निर्वाचनबाट जाँदा सबै खाले मनोविज्ञानको सम्बोधन गर्न नसकिने भएकाले सहमतिमै केन्द्रीय कमिटीमा रहने सदस्य र पदाधिकारी टुंग्याउने बताएको एक नेताले जानकारी दिए।
‘आज राति चिसोमा बसेर मतदान गर्नुभन्दा भोलि दिउँसो सहमतिमै टुंग्याउँछौं। भोलिसम्मको समय दिनुस्,’ प्रचण्डको भनाइ थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस