गाउँ सहर

पर्यटनमन्त्री आलेले पर्यटन बोर्डका सिईओलाई ‘साँढे’ भनेपछि...

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीप्रति आक्राेश व्यक्त गरेका छन् । 

आज शुक्रवार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर कुर्सीमा नबस्ने बताएका हुन् । उनले अहिले छानबिनका क्रममा रहेका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले छानबिनमा रहेको सीईओ रेग्मीबाट कुनै पनि हालतमा संस्था नचल्ने दाबी गर्दै उनलाई ‘साँढे’ को संज्ञा दिएका छन् ।

सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ? भनि प्रश्न गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । 

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताए । उनले सीईओ रेग्मीलाई आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए ।

मन्त्री आलेले भने, ‘अब यहाँ जाे काेहीलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो मान्छे मनमाैजी हुँदा जे पनि गर्छ । म जान्नँ भन्दा पनि जबरजस्ती बेलायत लगे । त्यहाँ गएपछि मैले मेरो देशका लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरूसहित फोरममा बोल्ने इच्छा थियो । तर सीईओ रेग्मीले केही पनि छैन बोल्ने कार्यक्रम मन्त्रीज्यू भने । त्यस्ता मान्छेलाई सीईओ बनायौँ भने संस्था चल्छ ? सदस्यहरूले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाईँ आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने, त्यस्ता सीईओ बनाएपछि संस्था चल्छ ? म त दुःखका साथ भन्छु, लन्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । सीईओले मलाई पनि खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । चार वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म किन्छु भनेर सोच्यो होला, त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तर्गतका सङ्घ–संस्थामा विकृतिकाे चाङ भएकाले सम्हाल्नै गाह्रो भइरहेको बताए । उनले पहिला 'काले काले मिलेर भाले खाए' पनि अब प्रेम आले आएकाले भ्रष्टाचार हुन नदिने बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत