राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा प्रधानमन्त्री देउवाकाे शुभकामना
- गाउँ सहर संवाददाता
- १६ पौष शुक्रबार, २०७८ | १४:०४:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेकाे बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता रहेकाे बताएका छन् ।
नेपाली कांग्रेसले हरेक वर्ष जस्तै यसवर्ष पनि विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छ ।
नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै आएको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिकाे राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा दिएकाे शुभकामना :
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको दिन हो— पुस १६ गते । वीपी कोइराला २०३३ साल पुष १६ गते तत्कालिन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरि ज्याननै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देश भित्र प्रवेश गर्नु भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व छ । यो दिनले हामी सबैलाई सधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिवद्धताका लागि प्रेरणा दिइरहेको छ । राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ । नेपाली कांगे्रसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ । यो दिवसले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस