स्वास्थ्य

देशभर ८८९७ जनामा परीक्षण गर्दा २४१ जनामा कोरोना संक्रमण पुष्टि, २२८ जना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९० जनाको मृत्यु भएको छ ।

बिहीबार २२८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८७१ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ६ हजार ८१४ पीसीआर तथा २ हजार ८३ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता